• मंसिर १२ २०८१, बुधबार

लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुँदै

चैत्र १९ २०७९, आईतवार

काठमाडौँ ।लुम्बिनीमा आगामी चैत २३ गते पुरुष तथा महिला खुला हाफ म्याराथन प्रतियोगिता हुँदैछ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको सो प्रतियोगिताको पुरस्कार रु एक लाख ५० हजार राशि रहेको छ ।

लुम्बिनीमा २१ किलोमिटर हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।लुम्बिनीको मायादेवी मन्दिर, शान्ति दीपलगायतका क्षेत्रलाई मध्यभागमा पारी २१ किमी परिक्रमा गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका विजेताले पुरुषतर्फ रु एक लाख ५० हजार र महिलातर्फ रु एक लाख ५१ हजार पुरस्कार राशि राखिएको आयोजकले बताएको छ।

यसैगरी पुरुष तथा महिला दुवैतर्फका द्वितीयलाई रु ७५ हजार, तृतीय स्थानलाई रु ५० हजार, चौथो स्थानका लागि रु ३० हजार र पाँचौँ स्थानका लागि रु २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा देशका ७७ जिल्लाका कुनै पनि उमेर समूहका खेलाडीले खुलारूपमा प्रतिस्पर्धा गर्न पाउने कार्यक्रमका संयोजक मोहनबहादुर घलेले जानकारी दिए ।

प्रतियोगिताका लागि चैत २० गते दर्ताको अन्तिम मिति रहेको छ भने चैत २२ गते स्वास्थ्य परीक्षण हुने छ । एकेडेमीले सोही दिन राष्ट्रिय भेलाको समेत आयोजना गर्ने भएको छ । भेलामा ७७ वटै जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधि सहभागी हुने छन् ।