• बैशाख २७ २०८३, आईतवार

तीन निर्वाचन क्षेत्रमा उम्मेदवार छान्न एमालेले बोलायो बैठक

चैत्र १८ २०७९, शनिबार

काठमाडौँ। तीन निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनमा उम्मेदवार छान्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

उपमहासचिव विष्णु रिमालले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको जानकारी दिए । उनले उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको बताए । बैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

एमालेले चितवनमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाल उठाउने लगभग निश्चित छ । बारा १ बाट भने एमालेले कसलाई उठाउने भन्ने सचिवालय बैठकले निर्णय गर्ने बुझिएको छ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची रहेको छ ।