काठमाडौं । मिटर व्याजी पीडितहरु प्रधानमन्त्रीसँग छलफल गर्नका लागि वालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितहरुसँग छलफल गर्न समय दिएकाले उनीहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका हुन् ।
केहि समय अघिमात्र उनीहरु प्रधानमन्त्री निवास प्रवेश गरेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार नै समय दिने वचन दिएका थिए । सोही अनुसार आज मिटरव्याज पीडितहरु छलफलका लागि वालुवाटार प्रवेश गरेका हुन् ।
पीडितहरु केही दिन अघि महोत्तरी र सर्लाही लगायत जिल्लाबाट १२ दिन पैदल यात्रा गरेर काठमाडौं आएका थिए ।
उनीहरुले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरूसँग लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर माइतिघरमा प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले यसअघि गृह मन्त्रालयको वार्ता टोलीसँग छलफल गरेपनि निश्कर्ष हुन सकेको छैन ।
उनीहरुले आफूहरुको माग सम्बोधन नभए आन्दोलन जारी राख्ने चेतावनी दिइरहेका छन् ।