काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।
महोत्तरीको बर्दिबासबाट ११ दिनको पैदल हिँडेर काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले आज बिहान ८ बजे बालुवाटारमा छलफल गर्न लागेको बताइएको छ । आफ्ना समस्या समाधानका लागि सरकार खोज्दै आएका पीडितहरू माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन् ।
पीडितसँग सरकारले वार्ता समिति गठन गरेर वार्ता पनि गरिरहेको छ । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।