• जेष्ठ १० २०८३, आईतवार

सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी

चैत्र १७ २०७९, शुक्रबार

काठमाडौँ ।  गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता जारी छ ।

केहीबेर अघि सुरु भएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव रुद्रादेवि शर्माले जानकारी दिइन् ।

सरकारले ४ सदस्यीय वार्ता टोली बनाएपछि आन्दोलनरत पक्षले पनि बिहीबार ५ सदस्यीय वार्ता टोली बनाएका छन् । जसमा संयोजक मनोज पासवानसहित सघर्ष दाहाल, श्यामकुमारी चौधरी, छेदीलाल पासवान छन्

आफ्ना समस्या समाधानका लागि सरकार खोज्दै महोत्तरीको बर्दिबासबाट ११ दिनको पैदल हिँडेर आएका पीडितहरू माग पूरा नभएसम्म घर नफर्कने अडानमा रहेका उनीहरूले आफ्ना १० बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएका छन् ।

​पीडितहरूले साहु, महाजनले कब्जा गरेको सम्पत्ति जसको नामबाट आएको हो, उसैलाई फिर्ता गर्ने गरी कानुन बनाउन माग गरेका छन् । ​ उनीहरूले उच्चस्तरीय आयोग गठन गर्न, तमसुक व्यवस्था खारेज गर्न, पीडितको पक्षमा कानुन बनाउन माग गरेका छन् ।

पहिलो चरणको वार्तामा पीडितका तर्फबाट माग पेस गरिएको छ भने सरकारी वार्ता टोलीले मिटरब्याज अपराध नियन्त्रणका लागि हालसम्म गरेका कामहरूबारे जानकारी दिएको छ ।