• बैशाख २७ २०८३, आईतवार

रविको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताले दिए राजीनामा, यस्ताे छ कारण

चैत्र १६ २०७९, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले बारा–२ को निर्वाचन परिचालन समिति संयोजकबाट राजीनामा दिएका छन् । कार्कीलाई रास्वपाले वैशाख १० मा हुने बारा–२ को उपनिर्वाचन परिचालन समितिको संयोजक बनाएको थियो ।

कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूले व्यक्तिगत तथा स्वास्थ्यका कारणले राजीनामा दिएको उल्लेख गरेका छन् । संयोजक बनाउँदा नै कार्कीले आफू सम्बन्धित क्षेत्रको नभएको भन्दै स्थानीय नेताहरूलाई नै भूमिका दिन माग गरेका थिए ।

कार्कीले अस्वीकार गर्दागर्दै जिम्मेवारी दिइएको एक केन्द्रीय सदस्यले बताए ।