• बैशाख २७ २०८३, आईतवार

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त

चैत्र १६ २०७९, बिहीबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन् । राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा.सुरेश चालिसेले पूर्व मन्त्री थापा राजनीतिक सल्लाहकार नियुक्त भएको बताएका हुन् ।

कांग्रेसका पूर्व सहमहामन्त्री थापा अहिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन् । राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए ।

यसअघि राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा चालिसे र सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका थिए । यस्तै राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्की स्वकीय सचिवालयमा नियुक्त भएका थिए ।