• बैशाख २७ २०८३, आईतवार

कांग्रेसको मन्त्री टुंगो लगाउने जिम्मा पार्टी सभापति देउवालाई दिइयो

चैत्र १६ २०७९, बिहीबार

काठमाडौं। नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रिको नाम टुंगो लगाउने जिम्मा सभापति शेर बहादुर देउवालाई दिएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ। स्रोतका अनुसार कांग्रेसले अर्थमन्त्रीमा प्रकाशशरण महत, रक्षा मन्त्रीमा पूर्णबहादुर खड्कालाई पठाउने तयारी गरेको छ। कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्ने छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह गरेका छन् ।

बालुवाटारमा आज बिहान बसेको बैठकमा उनले मन्त्रालय टुंगिएका दललाई नाम दिन आग्रह गरेका थिए। त्यसपश्चात काग्रेस कार्यसम्पादन समितिको बैठक बसेको हो।