काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् ।
बुधबार सञ्चारकर्मीहसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितहरुलाई भेट्न ढिलो गर्न नहुने बताएका हुन् ।
उनले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अबिलम्ब भेट गर्न आग्रह गरेका हुन् ।महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु नै पिडितको काम सम्बोधन गर्ने जत्तिकै भएको बताए ।
उनले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटोभन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
महामन्त्री शर्माले अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरुको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको बताए ।