काठमाडौँ। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालका लागि संयुक्त राष्ट्र संघ (युएनएफपीए) का नेपाल प्रतिनिधि योङ होङलाई भेटेका छन् ।
भेटमा नेपालमा मातृ मृत्युदर घटाउन र दिगो विकास लक्ष्यको लागि युएनको २०३० एजेण्डामा दुई जनाको बीचमा छलफल भएको चिनियाँ राजदूतावासले जनाएको हो ।
युएनएफपीएका नेपाल प्रतिनिधि योङलाई भेट्दा खुसी लागेको राजदूत चेनले बताएका छन् ।