• बैशाख २७ २०८३, आईतवार

मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

चैत्र १५ २०७९, बुधबार

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। ​ मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बस्न लागेको हो।

मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको साझा न्युनतम कार्यक्रमलाई अन्तिम रुप दिन आज बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले ३/३ मन्त्रालयमा दाबी पेस गरेका छन्। त्यस्तै, लोसपाले २ मन्त्रालय दाबी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो मागअनुसारका मन्त्रालय पाउनुपर्ने अडानमा छन् ।

मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको प्रमुख सचेतक लेखकले बताए।

‘सरकार पक्षीय राजनीतिक दलका नेताहरूको बैठक बस्यो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो। बुधबार फेरि बस्ने भन्नेछ,’ बैठकपछि उनले भने, ‘भागबन्डाको बारेमा छलफल भएन। सरकार चाँडोभन्दा विस्तार गर्ने कुरा भयो । सरकार चाँडै विस्तार हुने गरी छलफल भयो। मन्त्रालय नमिल्ने भन्ने समस्या छैन। गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ। मन्त्रालयबारे विवाद छैन।’