• बैशाख २७ २०८३, आईतवार

प्रतिनिधि सभाको बैठक आज बस्दै,यस्ता छन् कार्यसूची

चैत्र १५ २०७९, बुधबार

काठमाडौँ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।