विराटनगर । १ नम्बर प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा रहेका समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ । पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ ।
प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।
मंगलबार प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय बाहिर प्रदर्शन गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो । त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।