• बैशाख २७ २०८३, आईतवार

मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले गठन गर्यो वार्ता टोली

चैत्र १४ २०७९, मंगलवार

काठमाडौं। सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली गठन गरेको छ ।

सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् ।

सो वार्ता टोलीले मिटरब्याज पीडितहरुसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ब्रिफिङ गर्नेछन् । लगत्तै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई भेटेर माग सम्बोधन गर्ने बताइएको छ ।