काठमाडौँ । साफ यु–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको अन्तिम खेलमा नेपालले आज मंगलवार आयोजक बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ ।
नेपालले आज बंगलादेशको राजधानी शहर ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा आयोजक टोलीको सामना गर्न लागेको हो ।
नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । नेपाल आज बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।
नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ । नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रसियासँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भूटानलाई हराएको थियो । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्