• बैशाख २७ २०८३, आईतवार

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने ३ जना कारागार चलान

चैत्र १३ २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए ।

गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका थिए । नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो । पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो । पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन् ।

प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन् । File photo