• जेष्ठ १० २०८३, आईतवार

सिरहाका सन्तोष यादवको शव तीन महिनादेखि दुबईमा अलपत्र

चैत्र १३ २०७९, सोमबार

काठमाडौँ । सिरहाका सन्तोष कुमार यादवको शव तीन महिनादेखि दुबईको अस्पतालमा अलपत्र परेको छ ।

गत पुस २२ गते निधन भएका यादवको शव अझै नेपाल ल्याउन सकिएको नसकिएको हो । शव नेपाल ल्याउनका लागि यादवको परिवारले विभिन्न ठाउँमा पहल गरे पनि कतैबाट सुनुवाई भएन । उनको परिवारले शव नेपाल ल्याउन सरकारसँग पहल गरिदिन आग्रह गरेको छ ।

सन्तोष २०७८ सालमा सामाखुसीको न्यू लाइट इन्टरनेशनल म्यानपावर मार्फत भिजिट भिषामा दुबई गएका थिए । उनलाई बर्दिबास महोत्तरीका शम्भु ठाकुरले भिजिट भिसामा दुबई लैजाने प्रबन्ध मिलाएका थिए । दुबई पुगेर सुप्रिमो हस्पिटालिटी सर्भिसमा कार वासिङको काम गर्दै आएका सन्तोषको काम गर्दागर्दै बेहोस भएर लडेका थिए । उपचारको लागि अस्पताल लगिएकोमा निको भएर फर्किएका उनी पुन बेहोस भएर ढले । अस्पताल लैजाँदा उनको मस्तिष्कमा पानी जमेर अप्रेशन भएको थियो । अप्रेसन भएको चार दिनपछि सन्तोषको मृत्यु भयो ।

के कति कारणले मृत्यु भयो केही पनि जानकारी नदिइएको परिवारको भनाई छ । मृत्यु भएपछि उनको शव नेपाल ल्याउनका लागि घर परिवारले धेरै निकाय धाए । तर अझै पनि नेपाल शव ल्याउन सकिएको छैन ।