काठमाडौं। नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरूद्धको मुद्दाको सुनुवाइ स्थगित गर्न निवेदन दिएका छन्।
सोमबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा अन्तिम सुनुवाइका लागि पेशी चढेको बताइएको हो ।
घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। उनको आदेश उच्च अदालतले बदर गरेको थियो।
आफूहरूले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएको र स्थगित पनि भएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए।
जिल्ला अदालत काडमाडौंले पनि प्रतिवादीका कानुन व्यवसायीले मुद्दा हटाएको जनाएको छ।