काठमाडौं । प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउन प्रस्ताव गरिएको छ। राष्ट्रिय सभामा दर्ता भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको गैरसरकारी विधेयकमा उक्त प्रस्ताव गरिएको हो।
राष्ट्रिय सभामा सांसद्हरुले उक्त विधेयक दर्ता गराएका हुन्। प्रस्तावित विधेयकअनुसार प्रधानन्यायाधीश पाँचौं मर्यादाक्रममा छन्।
प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षपछि न्यायाधीशलाई राखिएको हो। यसअघि सरकारले २०७६ मा तय गरेको मर्यादाक्रममा प्रधानन्यायाधीश चौथो मर्यादाक्रममा थिए। त्यसपछि मात्रै प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षको मर्यादाक्रम रहेको थियो।
हालसम्म मर्यादाक्रम सरकारले निर्धारण गर्दै आएको थियो विभिन्न समयमा फेरिने भएकाले नीति बनाएर त्यसलाई नियमन गर्न सांसद्हरुले विधेयक ल्याएको बताएका छन्।