• बैशाख २७ २०८३, आईतवार

मेयर बालेन विरुद्ध गरियो प्रदर्शन

चैत्र १३ २०७९, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध प्रदर्शन गरिएको छ ।

काठमाडौँको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म संविधान र कानुन विपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो ।

मेयर साह आफूहरूलाई उठिबास लगाउने काममा लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिएकाृ संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

उनले संविधान, कानुन विपरीत भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास गरेको आन्दोलनकारीको आरोप छ ।

काठमाडौँ महानगरपालिकाले यस्तो कार्य गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत अध्यक्ष कार्कीले दिए ।

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।