• बैशाख २७ २०८३, आईतवार

राजनीति, समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

चैत्र १३ २०७९, सोमबार

काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

काठमाण्डौको याट्खामा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको प्रतिमा अनावरण कार्यक्रममा उनले नागरिकसँगको निरन्तर सान्निध्यतासँगै उनीहरुका सुखदुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रपति पौडेलले आम नागरिकसँग निकटतम् सम्बन्ध राख्ने र उनीहरुका सुखदुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले स्व.जोशीलाई चिनेको समेत बताए ।

उनले योग्यता र इमानदारितामा बराबर सङ्गम रहेका विरलै मानिसमध्ये स्व.जोशी रहेको पनि बताए । २०७७ साल फागुन १४ गते मस्तिष्कघात भएका जोशीको उपचारकाक्रममा २०७७ सालको चैत १३ गते निधन भएको थियो ।