• मंसिर १२ २०८१, बुधबार

साफ यू-१७ मा रसियासित नेपाल पराजित

चैत्र १२ २०७९, आईतवार

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाललाई रसियाले पराजित गरेको छ । बंगलादेशमा भइरहेको प्रतियोगितामा नेपाललाई आइतबार रसियाले ३-० गोलले पराजित गरेको हो ।

प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा नेपाललाई भारतले ४-१ ले हराएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई ५-० गोलले पराजित गरेको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन् । नेपालले अन्तिम खेल मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टिम च्याम्पियन हुनेछ । अहिलेसम्म रसिया तीनै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । भारत र बंगलादेशले भने दुई दुई खेलमा जित हात पारेका छन् ।