• मंसिर १२ २०८१, बुधबार

गलत सूचना पोष्ट भएको भन्दै प्रधानमन्त्री पुत्री गंगा दाहालले माफी मागिन्

चैत्र १२ २०७९, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान भएको फेक फोटो भूलवश पोस्ट भएको स्पष्टीकरण दिएकी छन् ।

दाहालले फ्लड लाइट निर्माण सम्पन्न भएको भन्दै मैदानको फेक फोटो सेयर गरेकी थिइन् । फोटो सेयर गरेपछि सामाजिक सञ्जालमा उनको आलोचना सुरु भएको थियो । पछि उनले आफ्नो स्ट्याटस सच्याएकी थिइन् ।

दाहालले यसबारे प्रष्टिकरण दिँदै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा फ्लड लाइट र स्कोर बोर्ड राख्न यसअघि नै सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिनुभएकोमा परिषदले सोहीअनुरूप काम अगाडि बढाएको छ । सो रङ्गशालामा काम अगाडि बढेको हुनुपर्नेमा गलत सूचनाका कारण भुलवश निर्माण सम्पन्न भएको भन्ने स्ट्याटस पोष्ट हुन गएको छ । तसर्थ, शब्दलाई भन्दा विषयको भावलाई सोहीअनुरूप बुझिदिनु हुन सबैमा आग्रह गर्दछु धन्यवाद ।’