काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३–४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।