• बैशाख २७ २०८३, आईतवार

लुम्बिनी प्रदेश सरकारमा माओवादी मन्त्रीले दिए राजीनामा, एमाले सरकार ढल्ने निश्चित

चैत्र १२ २०७९, आईतवार

दाङ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।