काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहादनीसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेलले रिट दर्ता गर्ने तयारी गरेका छन् ।
उनको सांसद पदको योग्यतासम्बन्धी रिट दायर गरेका युवराज पौडेल (सफल) महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका हुन् ।
यसअघि, अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरी दुरुपयोग गरेको भन्दै लामिछानेविरुद्ध अनुसन्धान गरिएको थियो ।