• बैशाख २७ २०८३, आईतवार

सांसद हरि ढकालको सरकारलाई प्रश्नः सेयरमा लगानीकर्ताले कति गुमाएपछि ध्यान जान्छ ?

चैत्र १२ २०७९, आईतवार

काठमाडौं । सांसद् हरि ढकालले सेयरबजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता १४ खर्ब गुमाइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सेयरबजार लगातार १९ महिनादेखि ओरालोतिर रहेको बताए।

उनले भने, ‘लगातार १९ महिनादेखि निरन्तर सेयरबजार ओरालो लागेको छ। १४ खर्ब गुमाइसकेका छन्। कति खर्ब गुमाएपछि सरकारले ध्यान दिने हो?’