एजेन्सी । युईएफए युरोकप फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा स्पेनले नर्वेलाई पराजित गरेको छ।
चर्चित स्ट्राइकर इर्लिङ हालान्डसहितको नर्वेलाई स्पेनले ३-० को एकपक्षीय नतिजासहित हराएको हो। युरोकप छनोटअन्तर्गत समूह ए को खेलमा स्पेनलाई जिताउन जोसेल्युले २ गोल गरे।
स्पेनी टिमबाट ८१ मिनेटमा डेब्यु खेलका लागि मैदान छिरेका ३२ वर्षीय उनले त्यसको २ मिनेटमै पहिलो गोल गरे। उनले त्यसको दुई मिनेटमा फेरि अर्को गोल गर्न सफल भए। त्यसअघि नर्वेका लागि खेलको १३ औँ मिनेटमा डानी ओल्मोले पहिलो गोल गरेका थिए। नर्वेविरुद्ध सहज जितसँगै स्पेनले समूह ए बाट तीन अंक जोड्दै शीर्ष स्थान कायम गरेको छ।