वीरेन्द्रनगर । एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सत्ता गठबन्धनबाट देशको भविष्य नरहेको टिप्पणी गरेका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन ।’
उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समिकरण बदलिने स्थिति आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे ।
उनले भने ‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । यद्यपि प्रचण्डले धोका दिनुभयो ।’
उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए । पौडेल सुदूरपश्चिमको अछाम जाने क्रममा सुर्खेत आएका थिए ।