• बैशाख २७ २०८३, आईतवार

संघीय संसदका दुवै सदनको बैठक बस्दै

चैत्र १२ २०७९, आईतवार

काठमाडौँ। संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्ने भएको छ । दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने तय भएको हो ।

आज बस्ने तल्लो सदन प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शोक प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, आजै बस्ने माथिल्लो सदन राष्ट्रिय सभाको बैठकमा डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।