• बैशाख २७ २०८३, आईतवार

‘मिसन ग्रास रुट’ अभियानले एमालेको उपचार गर्छ : उपाध्यक्ष ज्ञवाली

चैत्र ११ २०७९, शनिबार

काठमाडौं । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताएका छन् । एमाले तनहुँ क्षेत्र नं १ को क्षेत्रीय समितिले आज भानु नगरपालिका-१ भन्सारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले पार्टीमा रहेका रोग हटाउन मिसन ग्रासरुटले सहयोग पुग्ने बताए ।

‘मिसन ग्रासरुट अभियानमा प्रत्येक टोलमा पुग्नुपर्छ, यो अभियानले एमालेको उपचार गर्छ, रोगहरू हटाउँछ र पार्टी पहिलेको भन्दा स्वस्थ बन्छ’, ज्ञवालीले भने, “आफ्ना असन्तुष्टिलाई थाँती राख्नुपर्छ । यो महाअभियान हो, सबै जना लाग्नुपर्छ ।”

तनहुँ-१ मा वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा ज्ञवालीले उम्मेदवार हुन कार्यकर्ताले मन पराउने मान्छे आवश्यक रहेको बताए ।

‘जितेरमात्रै हुँदैन, टिक्ने पनि हुनुपर्यो, विगतमा धेरैले जितेर गए पनि टिक्न नसक्ने पनि छन्’, ज्ञवालीले भने, “सधैभरि पार्टीको पक्षमा लाग्न सक्ने उम्मेदवार चाहिन्छ । सबै पार्टी कमिटी एकताबद्ध भएर चुनावमा लाग्नुपर्छ ।”