काठमाडौं । साहित्यिक क्षेत्रमा कृयाशील स्रष्टाहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । काठमाडौंमा ‘टोखा स्रष्टा सम्मान तथा विशेष कवि गोष्ठी-२०७९’ विषयक कार्यक्रममा सम्मानित हुन पाउँदा ज्यादै खुशी लागेको छ ।
समारोहमा दर्जन स्रष्टाहरुलाई सम्मान गरिएको हो । साहित्यिक मासिक संसाकको आयोजना र टोखा नगरपालिका वडानम्बर ९ को प्रायोजनमा टोखा नगरपालिका वडा नं. ९ को सभाहलमा भएको कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिएको हो ।
टोखा नपा वार्ड नं. ९ का वडाध्यक्ष रामभक्त घिमिरेको सभापतित्व र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव जगतप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संसाक मासिकका अध्यक्ष उमेश पाण्डेले सञ्चालन गरेका थिए ।
वार्ड नं.९ का पूर्ववडाध्यक्ष तथा साहित्यकार जे.पी. नेपालले सहभागीहरुलाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । कार्यक्रममा टोखा नपाका प्रमुख प्रकाश अधिकारी र डा. शैलेन्दुप्रकाश नेपाल विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।
कार्यक्रममा टोखा नपा भित्रका १० जना र टोखा नपा भन्दा बाहिरका १० जना श्रष्टाहरूलाई प्रमाणपत्र, दोसल्ला र नगद सहित सम्मान गरियो । कार्यक्रममा ४ दर्जन बढी स्रष्टाहरूले कविता वाचन गरेका थिए । समारोहमा कविता वाचक स्रष्टाहरूलाई पनि खादा ओढाई डायरी र नगद पुरस्कार सहित सम्मान गरियो ।तस्विर : रोमन बुढामगर ।