• जेष्ठ १० २०८३, आईतवार

मिथिलामा सुरु गरियो वासन्ती छठ पर्व

चैत्र ११ २०७९, शनिबार

काठमाडौ। चैती छठ नामले चिनिने साथै श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्वको विधि आजदेखि सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुले पवित्र स्नान गरेर शुद्ध खाने विधिबाट पर्व प्रारम्भ गरेका हुन् ।

पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन छ ।

छठ सूर्य शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाउने गरिन्छ ।

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिदैनन् ।