• बैशाख २७ २०८३, आईतवार

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

चैत्र १० २०७९, शुक्रबार

काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।

सरकारलाई समर्थन गर्ने सबै दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।

उनलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको प्रदेशसभाको सचिवालयले जनाएको छ ।

जम्मकट्टेललाई ६७ जनाले विश्वासको मत दिएका छन् भने विपक्षमा १७ मत आएको छ । त्यस्तै एमालेले आजै सरकारबाट राजीनामा दिएर बाहिरिन लागेको हो ।