• जेष्ठ १० २०८३, आईतवार

चितवनबाटै सवारी लाइसेन्स वितरण गरिँदै

चैत्र १० २०७९, शुक्रबार

काठमाडौं। यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स व्यवस्था वितरण सुरु गर्ने भएको छ। कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो ।

दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयबाट पनि कार्यालयले अनुमति लिइसकेको छ । कार्यालयका प्रमुख कालिप्रसाद भुजेलले अनलाइन फाराम भर्नका लागि युजरनेम र पासवर्ड सङ्घीय सरकारको यातायात व्यवस्था विभागबाट अनुमति आएपछि आइतबारदेखि फाराम खोल्न सकिने जानकारी दिए ।

कार्यालयका प्रमुख भुजेलले आइतबारदेखि फाराम वितरण गर्नका लागि आवश्यक गृहकार्य भइरहेको बताए । उनका अनुसार दैनिक दुई सय जनालाई मोटरसाइकल, एक सय जनालाई स्कुटर, एक सय जनालाई कार जिप, ४० जनालाई रिक्सा, ईरिक्सा र टेम्पो, २० जनालाई ट्र्याक्टर, १५ जनालाई मिनी बस ट्रक, १५ जनालाई ट्रक बस लहरी र २५ जनालाई मेसिनरी उपकरणको परीक्षा लिइने छ ।

एक साताको फाराम भर्ने समय राखिने छ । हाल यस कार्यालय भरतपुर विमानस्थल अगाडि रहेको छ । अब भने जिल्ला समन्वय समिति अगाडि रहेको गेष्ट हाउस भवनबाट सेवा दिने तयारी कार्यालयको छ ।