• जेष्ठ १० २०८३, आईतवार

नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

चैत्र १० २०७९, शुक्रबार

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)नियुक्त गर्ने जनाएको छ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भोलिबाट अवकाशमा जाने भएपछि नयाँ आईजीपी नियुक्त गर्न आज बैठक बस्न लागेको हो । नियमित तालिका अनुसार हिजो नै बैठक बस्नु पर्ने भए पनि आजलाई सारिएको हो।

सिंहको अवकाशसँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् ।