• बैशाख २७ २०८३, आईतवार

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी संसदीय दलको बैठक बस्दै

चैत्र ९ २०७९, बिहीबार

काठमाडौं । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बैठक अहिले बुद्धजन्मस्थल लुम्बिनीमा बस्दैछ । पछिल्लो समयमा फेरिएको राजनीतिक परिदृश्यका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्र सरकारमा सहभागी छ । सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

‘सरकारलाई दिएको समर्थन फिर्तासहितका नयाँ सरकार गठनका विषयमा छलफल गर्न बैठक बूने उनले बताए । लुम्बिनीको एक होटलमा बैठक बस्न लागेको हो ।