• जेष्ठ १० २०८३, आईतवार

यी ३ प्रदेशमा मेघगर्जन र चट्याङसहित क्षणिक हल्का वर्षा

चैत्र ९ २०७९, बिहीबार

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ रहेको छ । देशका पहाडी भू-भागमा अहिले आंशिक बदली छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

आज कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।