काठमाडौं। प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले २० को अग्रता लिएको छ ।
३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट सानदार हेडरमार्फत गोल गरेका हुन् ।
यस्तै ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा सानदार अर्को गोल गरेर नेपालको अग्रता २-० बनाए ।
नवुयुगले राष्ट्रिय टिमबाट आठौं अन्तर्राष्ट्रिय गोल गरेका हुन् भने दुइ वर्षयता पहिलो गोल गरेका हुन् । सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइसँगको खेलमा उनले गोल गरेका थिए।