• मंसिर १२ २०८१, बुधबार

एमबाप्पेलाई फ्रान्सले राष्ट्रिय फुटबल टोलीको कप्तान बनाउँदा ग्रिजम्यान तनाबमा

चैत्र ७ २०७९, मंगलवार

एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तान युवा खेलाडी केलियन एमबाप्पेलाई दिइएको छ।

कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि प्रशिक्षक डिडियर डेसच्याम्पले कप्तानको जिम्मा एमबाप्पेलाई दिएका छन्।

युरोकप छनोट अन्तर्गत फ्रान्सले मार्च २५ मा नेदरल्याण्ड र २८ मा रिपब्लिक अफ आयरल्णडसँग प्रतिस्पर्धा गर्दैछ। यता एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएपछि एन्टोली ग्रिजम्यान भने रुष्ट बनेका छन्।

आफू सिनियर हुँदा–हुँदै एमबाप्पेलाई प्रशिक्षक दिएपछि रुष्ट बनेका ग्रिजम्यानले अन्तराष्ट्रिय फुटबलबाटसमेत सन्यास लिनेबारे सोच्न थालेको गोल डटकमले उल्लेख गरेको छ।