काठमाडौं । बुधबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले बताएका छन् ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षासँगै चिसो महसुस पनि भइरहेको छ । यसबाट कतिपय जिल्लाको जनजीवन प्रभावित भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार बुधबारबाट मौसम क्रमिक रुपमा सुधार हुँदै जानेछ ।
अहिले प्रिमनसुन सिजनको समय छ । यही बेला स्थानीयस्तरमा विकसित भएको प्रणालीसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु पनि मिसिएकाले मेघ गर्जन/चट्याङसहित पानी परेको हो ।