काठमाडौं । जसपाका सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गर्दै साहसी प्रधानमन्त्री भएको बताएका छन्।
सोमबार प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा बोल्दै यादवले भने, ‘पुष्पकमल दाहाल प्रचण्ड जस्तो साहसी प्रधानमन्त्री कमै पाइन्छ। एउटा खुला किताब हो। यिनको मनमा केही रहँदैन।’