काठमाडौं । नेकपा एकीकृत समाजवादीले महासचिवमा घनश्याम भुसाललाई मनोनयन गरेको छ। आइतबार बसेको सचिवालयको बैठकले भुसाललाई महासचिवको जिम्मेवारी दिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
यसअघिका महासचिव बेदुराम भुसाललाई भने उपाध्यक्ष बनाइएको उनको भनाइ छ।