• बैशाख २७ २०८३, आईतवार

मार्क्सवादी ज्ञानशालाको दर्शन विषयक छलफल कार्यक्रम सम्पन्न

चैत्र ४ २०७९, शनिबार

चैत्र ४, घोराही । मार्क्सवादी ज्ञानशाला दाङको आयोजनामा प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रुपमा हुने प्रशिक्षणात्मक छलफल कार्यक्रम अन्तर्गत शनिबार दर्शनको परिचय सम्बन्धि छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा अध्ययताहरु गणेश आचार्य, नुमेश घर्ती, अमृत वि.क., समीर वली, विपिन आचार्य, शारदा न्यौपाने, सुनिता आचार्य, दिनेश रैदाश, सूर्य वि.सी., नारायण परियार लगायतका व्यक्तिहरुको दर्शनसँग विविध पक्षहरुका बारेमा आ-आफ्ना बुझाईहरु राखेका थिए ।

ज्ञानशाला दर्शन विमर्श श्रृंखलाको पहिलो भाग अन्तर्गत भएको कार्यक्रममा दर्शनको परिचय, पक्षधरता, आम मानिसहरुको जीवनमा दर्शनको प्रभाव, सामाजिक-आर्थिक रुपान्तरणमा यसको महत्व र भूमीका लगायतका विषयहरुमा छलफल भएको थियो ।

मार्क्सवादी ज्ञानशाला दाङका अध्यक्ष बुद्धिप्रकाश धितालले समाजमा अध्ययन संस्कृतिको खडेरी परेको र राजनीतिक आन्दोलनभित्र पनि दर्शनजस्तो  महत्वपूर्ण विषयमा शिक्षण-प्रशिक्षणको एजेण्डा उपेक्षित भएका कारणले पुरानो सँगै नयाँ पुस्तालाई पनि गम्भिर विषयवस्तुहरुको अध्ययन तर्फ आकर्षित गर्नका लागि ज्ञानशाला छलफल श्रृंखलालाई निरन्तरता दिने जानकारी गराए ।

ज्ञानशालाका अध्यक्ष धितालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रमोद धितालले गरेका थिए ।