काठमाडौं । सत्ता साझेदार १० दलबीच आइतबार संघीय संसद्मा प्रस्तुत हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको १० दलका शीर्ष नेताहरुको बैठकले संसद्मा प्रस्तुत गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।