• बैशाख २७ २०८३, आईतवार

काठमाडौंको यि १० क्याम्पसमा रोकियो स्ववियु चुनाब

चैत्र ४ २०७९, शनिबार

काठमाडौं । चैत ५ (आइतबार) देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने तालिका सार्वनजिक भएको छ। तर देशका केही क्याम्पसमा भने तत्काल निर्वाचन नहुने भएको छ।

काठमाडौंका मात्रै १० वटा क्याम्पसमा निर्वाचन नहुने भएको छ। काठमाडौंमा ३२ वटा क्याम्पस रहेकामा ४ वटामा निर्विरोध निर्वाचित भइसकेका छन्। कोटेश्वर बहुमुखी क्याम्पस र ग्रामिण आदर्श क्याम्पस मनमैजुमा तालाबन्दी छ। यी दुबै क्याम्पसमा आइतबार स्ववियु निर्वाचन नहुने भएको छ।

पशुपति क्याम्पस चाबाहिल, बानेश्वर बहुमुखी क्याम्पस, आयुर्वेदिक क्याम्पस कीर्तिपुर, एन.आर कलेज नेपालटार, त्रिचन्द्र क्याम्पस घण्टाघर, विश्वभाषा क्याम्पस, बालमिकी क्याम्पस प्रदर्शनीमार्ग र आरआर क्याम्पसमा तत्कालका लागि स्ववियु निर्वाचन रोकिएको हो।