• बैशाख २७ २०८३, आईतवार

प्रचण्ड नेतृत्वको सरकारले घोषणा गरेका राष्ट्रिय सहिदहरूको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)

चैत्र ४ २०७९, शनिबार

काठमाडौं  ।  प्रचण्ड नेतृत्वको सरकारले  सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप गृह मन्त्रालयले सहिदको सूची राजपत्रमा प्रकाशित गरेको हो ।

गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो।

मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ।

यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्। राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन्।

सहिदहरुको सूची यहाँ क्लिक गरेर हेर्नुहोस्