• जेष्ठ ९ २०८३, शनिबार

मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

चैत्र ४ २०७९, शनिबार

काठमाडौँ  । देशभर आज मौसममा आंशिकदेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। काठमाडौंसहित देशका पहाड र तराई–मधेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वाअनुमान महाशाखाले जनाए अनुसार आज राति कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना छ।

भोलि आइतबार पनि हल्कादेखि मध्यम र पर्सि सोमबार मधेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको अनुमान छ।