• बैशाख २७ २०८३, आईतवार

उपराष्ट्रपति निर्वाचनमा शीर्ष नेताले गरे मतदान

चैत्र ३ २०७९, शुक्रबार

काठमाडौँ । संघीय संसद भवन वानेश्वरमा अहिले उपराष्ट्रपति निर्वाचनका लागि मतदान जारी छ । निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताहरुले पनि मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ ।