• मंसिर १२ २०८१, बुधबार

युएई विरुद्दको खेलमा नेपालको खराब सुरुवात

चैत्र २ २०७९, बिहीबार

काठमाडौँ l आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएई विरुद्ध ब्याटिङमा नेपालले खराब सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३११ को लक्ष्यसहित मैदान उत्रिएको नेपालले सुरुआती १० ओभरको खेल सकिँदा ५२ रनमै शीर्ष क्रमका तीन ब्याटर गुमाएको छ ।

नेपालले ओपनर आसिफ शेखलाई शून्यमा, कुशल मल्ललाई पाँच रनमा र कप्तान रोहितकुमार पौडेललाई १६ रनमा गुमाएको थियो । हाल क्रिजमा नेपालका कप्तान भीम सार्की र कुशल भुर्तेल छन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रनको योगफल खडा गरेको थियो ।